आइतबार १ असार २०८२
समाज

मनकामना धाममा २१६ किलोको घण्टी चढाइयो

सोमबार जेठ २६, २०८२/ Monday 06-09-25

सङ्खुवासभा । खाँदवारी नगरपालिका–९ स्थित पवित्र मनकामना मन्दिरमा हालसम्मकै ठूलो तौलको घण्टी स्थापना गरिएको छ।

अमेरिका निवासी सुरेन्द्र श्रेष्ठ दम्पतीले आफ्ना दिवङ्गत पितृहरूको सम्झनामा उक्त घण्टी मन्दिरमा चढाएका हुन्। घण्टीसँगै काठको आकर्षक घण्टाघर समेत निर्माण गरिएको छ। दुवै निर्माणका लागि झण्डै ३४ लाख रुपैयाँ खर्च गरिएको जनाइएको छ।

मन्दिरका पुजारी सूर्यप्रसाद कट्टेलका अनुसार, यो घण्टी जिल्लामै अहिलेसम्मको सबैभन्दा ठूलो हो।

पवित्र स्थल मानिने मनकामना मन्दिरमा श्रद्धापूर्वक पूजा गर्दा भक्तजनहरूको मनोकामना पूरा हुने जनविश्वास छ।

तपाईको प्रतिक्रिया