बिहीबार २९ जेठ २०८२
समाज

ट्रम्प प्रशासनविरुद्ध मुद्धा हाल्ने क्यालिफोर्नियाका गर्भनर ग्याभिन न्यूजमको चेतावनी

मंगलबार जेठ २७, २०८२/ Tuesday 06-10-25

क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूजमले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनमाथि कडा आलोचना गर्दै बिना अनुमति लस एन्जलसमा नेशनल गार्ड तैनाथी गरिएकाले अदालतमा मुद्दा हाल्ने बताउनुभएको छ ।

सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै गर्भनर न्यूजमले डोनाल्ड ट्रम्पले जे चाहेका थिए अहिले त्यो भईरहेको बताउनुभएको बीबीसीले जनाएको छ । राष्ट्रपति ट्रम्पले स्थिति बिगार्ने काम गरेको आरोप लगाउँदै गर्भनर न्यूजमले अवैध रूपमा नेशनल गार्ड पठाएको आरोप लगाउनुभएको छ । उहाँले यसअघि नै यो कदमलाई असंवैधानिक भन्नुभएको थियो ।

शनिवार क्यालिफोर्नियामा इमिग्रेशन र सीमा सुरक्षा प्रवर्तनका कदमहरू विरुद्ध प्रदर्शनकारीहरू सडकमा उत्रिएका थिए । त्यहि बेला ट्रम्प प्रशासनले गभर्नर न्यूजमको आपत्तिमा बेवास्ता गर्दै दुईसय जना नेशनल गार्ड तैनाथ गरेको हो ।

यसैबीच अमेरिकी रक्षामन्त्री पीट हेगसेथका अनुसार नेशनल गार्ड तैनातीलाई समर्थन गर्न अमेरिकी मरीनहरूलाई पनि उच्च सतर्कतामा राखिएको खबरमा उल्लेख छ ।

 

 

तपाईको प्रतिक्रिया