बिहीबार २९ जेठ २०८२
बिजनेस

सुनको भाउ घट्यो, चाँदीको बढ्यो

मंगलबार जेठ २७, २०८२/ Tuesday 06-10-25

काठमाण्डौ । सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलाको एक लाख ९० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९० हजार ६ सय रुपैयाँ थियो ।

सुनको भाउ घटेको दिन आज चाँदीको भाउ भने बढेको छ । चाँदी आज तोलामा १५ रुपैयाँले बढेर तोलाको दुई हजार एक सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार एक सय ५० रुपैयाँ थियो ।

 

 

तपाईको प्रतिक्रिया