बिहीबार २९ जेठ २०८२
बिजनेस

गर्मी बढेपछि विद्यालयमा दुई दिन बिदा

मंगलबार जेठ २७, २०८२/ Tuesday 06-10-25

कञ्चनपुर । अत्यधिक गर्मी बढेपछि बेलौरी नगरपालिकाले दुई दिन विद्यालय बिदा दिएको छ । गर्मीका कारण शिक्षक, विद्यार्थी र कर्मचारीको स्वास्थ्यमा पर्ने प्रतिकूल असर परेको भन्दै आज र भोलि नगरभित्र विद्यालय बिदा दिने निर्णय गरिएको हो । 

नगरप्रमुख पोतिलाल चौधरीले बर्खे बिदाबाट मिलान हुने गरी नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिइएको बताए। गर्मी बढेसँगै सर्वसाधारणलाई बाह्य क्षेत्रमा हिँडडुल गर्न समस्या हुने गरेको छ । गर्मीले रिङ्गटा लाग्ने, टाउको दुख्ने, ज्वरो आउने, आँखा पाक्नेलगायत स्वास्थ्य समस्या लिएर अधिकांश बिरामी स्वास्थ्य संस्थामा पुग्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया