
काठमाडौं। नबिल बैंकले ग्राहकको आवश्यकताअनुसार तुरुन्तै आर्थिक सहायता प्रदान गर्ने उद्देश्यले सुरु गरेको ‘नबिल इन्स्टेन्ट गोल्ड लोन’ सेवा निकै उपयोगी सावित भएको छ। यो योजनामार्फत ग्राहकहरूले आफ्नो सुन धितो राखी एक घण्टाभित्र ऋण प्राप्त गर्न सक्छन्।
नबिल इन्स्टेन्ट गोल्ड लोनले न्यून ब्याजदर, निशुल्क बीमा सुविधा, र कम कागजी प्रक्रिया सहितको सहज प्रणाली प्रदान गर्दछ। यो सेवा तत्कालिक आर्थिक आवश्यकता पूरा गर्न उत्कृष्ट विकल्प बन्ने विश्वास बैंकको छ। ऋण स्वीकृति भएसँगै एक घण्टाभित्र रकम हातमा पर्न सक्ने यो योजना विशेषगरी आपत्कालीन वा आकस्मिक खर्च व्यवस्थापनमा उपयोगी हुने बैंकले जनाएको छ। ग्राहकले आफ्ना गहना राख्दा बजार मूल्यको ७० प्रतिशतसम्म रकम पाउन सक्नेछन्। साथमा, धितो राखिएको सुनमा निशुल्क बीमा सुविधा पनि प्रदान गरिनेछ, जसले गर्दा ग्राहकले अझ सुरक्षित महसुस गर्न सक्छन्।
नबिल इन्स्टेन्ट गोल्ड लोन सेवा काठमाडौं उपत्यकाभित्रका कुमारिपाटी, कालिमाटी, सूर्यविनायक, मङ्गलबजार, नयाँ सडक र कोटेश्वर शाखामा उपलब्ध छ। उपत्यकाबाहिर भने चिप्लेढुङ्गा, फिदिम, बुटवल-योगीकुटी, नेपालगञ्ज-भानुभक्त चोक, धरान-बर्गाछी, हेटौंडा र वीरगञ्ज शाखाबाट सेवा लिन सकिनेछ।बैंकले अब आउने दिनमा अझ धेरै शाखामा यो सेवा विस्तार गर्ने बताएको छ।
तपाईको प्रतिक्रिया