
काठमाडौं। स्कटल्यान्डमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत मंगलबार नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ । खेलअघि भएको टसमा नेपालले पहिले ब्याटिङको निम्तो पाएको छ।
नेदरल्याण्ड्सविरुद्धको खेलअघि नेपाललाई धक्का लागेको छ। स्कटल्यान्ड भ्रमणमा रहेका नेपाली अलराउन्डर गुल्शननकुमार झा र बलर सोमपाल कामी घाइते भएका छन् ।
स्कटल्यान्ड भ्रमणका क्रममा मंगलबार नेदरल्यान्ड्सविरुद्ध अन्तिम खेलका लागि प्रशिक्षणका क्रममा दुवैजना घाइते भएको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ ।
उनीहरू घाइते भएकाले अब अलराउन्डर बसिर अहमद र बलर नन्दन यादवलाई क्यानले अवसर दिएको छ। टी-२० तर्फ राष्ट्रिय टोलीमा डेब्यू गर्दैछन् ।
अलराउन्डर गुल्सनकुमार झा र तीव्र गतिका बलर सोमपाल कामी घाइते भएपछि मुख्य प्रशिक्षक स्टुअर्ट लले दुई युवा खेलाडीलाई अवसर दिएका हुन् ।
क्यानका अनुसार सोमपालको दायाँ हात र गुल्सनको घुँडामा चोट लागेको छ। त्यसैले यी दुई खेलाडीले नेदरल्यान्ड्सविरुद्धको बाँकी खेल र त्यसपछिको टी–२०आई त्रिकोणीय सिरिजका सम्पूर्ण खेल गुमाउने पक्का भएको छ । त्यहीकारण बसिर र नन्दनलाई अवसर दिइएको छ ।
यसअघि नेपालले स्कटल्यान्डसँग भएका दुईमध्ये एक खेलमा विजयी भएको थियो । लिग–२ मा नेपाल १५ खेलमा १० अङ्कसहित सातौँ स्थानमा छ ।
तपाईको प्रतिक्रिया