बिहीबार २९ जेठ २०८२
समाज

शङ्कास्पद लागूऔषध कारोबारी पक्राउ गर्न प्रहरीले टोखामा गोली चलायाे

मंगलबार जेठ २७, २०८२/ Tuesday 06-10-25

काठमाण्डौं। प्रहरीले शङ्कास्पद लागूऔषध कारोबारीलाई पक्राउ गर्न काठमाण्डौको टोखामा गोली चलाएको छ । गोली चलाएर चार जनालाई पक्राउ गरेकोमा उनीहरू सबै भारतीय नागरिक रहेका प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।

प्रहरीले गोली लागेका दुई जना र थप दुई जना गरी चार जनालाई पक्राउ गरेको हो । लागूऔषध कारोबारको सूचना पाएपछि ब्युरोका प्रहरी निरीक्षक (इन्स्पेक्टर) राकेश यादवको नेतृत्वमा टोली खटिएको थियो । पक्राउ गर्ने क्रममा उनीहरूले आक्रमण गर्दा दुई जना प्रहरी पनि घाइते भएका छन्।

पक्राउ परेकाहरूको साथबाट १ सय ५० ग्रामभन्दा बढी ब्राउन सुगर पनि बरामद भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया