म्याग्दी। धवलागिरि हिमाल आरोहणका क्रममा लडेर गम्भीर घाइते भएका एक आरोहीको दुई दिनपछि सकुशल उद्धार गरिएको छ।
धवलागिरि गाउँपालिका–४ स्थित ८,१६७ मिटर अग्लो धौलागिरि हिमालबाट फर्कने क्रममा शुक्रबार बिहान चुचुरो नजिकैबाट चिप्लिएर करिब ४ सय मिटर तल खस्दा सङ्खुवासभाको मकालु गाउँपालिका–२ का २१ वर्षीय मिङ्मा तेन्जि शर्मा घाइते भएका थिए।
उद्धार टोलीले माथिल्लो क्याम्पबाट परिचालन भई शनिबार राति उनलाई आधार शिविरमा ल्याएको थियो। अचेत अवस्थामा भेटिएका शर्माको अवस्था अहिले सुधार हुँदै गएको जनाइएको छ।
उनीलाई थप उपचारका लागि आज काठमाडौँ पठाइएको उद्धारमा संलग्न १४ समिट एक्सपीडिसनका फुरु तेन्जि शेर्पाले जानकारी दिएका छन्।
तपाईको प्रतिक्रिया