काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको हिंसात्मक झडपमा सशस्त्र प्रहरीको गोली लागेर एक सर्वसाधारणको मृत्यु भएको छ भने १३ सुरक्षाकर्मीसहित २२ जना घाइते भएका छन्।
साउन महिनाको बोलबमका क्रममा डिजे बजाएको विषयमा सुरु भएको विवाद उग्र बनेपछि दुवै पक्षबीच ढुंगा, लाठी र भाला प्रहार भएको प्रहरीले जनाएको छ। स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले गोली चलाउँदा देवानगञ्ज–४ का ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको हो।
घटनापछि ३७६ जना थप सुरक्षाकर्मी परिचालन गरी देवानगञ्ज र हरिनगरका केही क्षेत्रमा कर्फ्यु लगाइएको छ। यस घटनाले सुनसरीमा सुरक्षा कमान्ड व्यवस्थापन र भीड नियन्त्रणका क्रममा भएको बल प्रयोगमाथि गम्भीर प्रश्न उठाएको छ।
तपाईको प्रतिक्रिया