मनोरन्जन
‘लाली बजार’ चलचित्र प्रदर्शनमा उच्च अदालतको रोक आदेश
मंगलबार बैशाख १५, २०८३/ Tuesday 04-28-26
काठमाडौं। उच्च अदालत पाटनले चलचित्र ‘लाली बजार’ तत्काल प्रदर्शन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश प्रकाश ढुंगानाको इजलासले वैशाख २२ गतेसम्म प्रदर्शन रोक्न आदेश दिँदै विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ माग गरेको छ।
वादी समुदायको सम्मान र अधिकारमा आँच पुगेको भन्दै रोशनी नेपालीले दायर गरेको रिटमा सुनुवाइ गर्दै अदालतले सुविधा सन्तुलनका आधारमा आदेश जारी गरेको हो।
यसअघि सर्वोच्च अदालतको नजिरलाई समेत आधार मानेर अदालतले दुवै पक्षको सुनुवाइपछि मात्र अन्तिम निर्णय गर्ने जनाएको छ।
तपाईको प्रतिक्रिया