लाइसेन्स नवीकरण आजदेखि खुल्दै, यस्तो छ नवीकरण गर्ने प्रकिया

काठमाडौँ। यातायात व्यवस्थाको कार्यालय ललितपुरले आइतबारदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण कार्य सुचारु गर्ने सुचना जारि गरेको छ। यातायात व्यवस्थाको कार्यालय एकान्तकुनाले गत बिहीबार एक सूचना जारी गर्दै निषेधाज्ञाका कारण तीन सातादेखि स्थगित रहेको सवारी चालक अनुमतिपत्र नवीकरण कार्य भदौ २८ गते आइतबारदेखि सुरु हुने जनाएको छ। तर अन्य सेवाहरुको हकमा भने कार्यालय बन्द नै रहने व्यहोरा उक्त सूचनामा जनाईएको छ।
नवीकरण कसरी गर्ने ?
यदि तपाईंसंग पुरानो म्याद गुज्रेको लाईसेन्स छ भने नवीकरणका लागि रु. १५०० को रसिद लिनुपर्छ जुन तोकिएका यातायात कार्यालयमा दिईन्छ। तपाईलाई दिईने लाइसेन्सको अनलाईन इन्ट्रीहुनुपर्छ र एउटा निवेदनमा रु. १० को टिकट टाँस गरेर पैसा तिरेको रसिद सँगै बुझाउनु पर्दछ।
निवेदनका साथ तपाईंसंग आफ्नो नागरिकताको फोटोकपी तथा पुरानो लाईसेन्सको ओरिजिनल/फोटोकपी चाहिन्छ। यदि तपाईंसंग पुरानो लाईसेन्सको ओरिजिनल/फोटोकपी छैन भने थप जरिवाना तिर्नुपर्ने हुन्छ।
यातायात कार्यालयको सुचना:
तपाईको प्रतिक्रिया