जीवनशैली
डा. गोविन्द केसीसँग वार्ताका लागि शिक्षा मन्त्रालयका सचिव पुगे धनगढी
शनिबार श्रावण ९, २०८३/ Saturday 07-25-26
काठमाडौं । अनसनरत चिकित्सक डा. गोविन्द केसीसँग वार्तामार्फत समाधान खोज्ने प्रयासस्वरूप सरकारले शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेललाई धनगढी पठाएको छ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले डा. केसीसँग प्रत्यक्ष संवाद गरी उनले उठाएका मागबारे छलफल गर्न सचिव पौडेललाई धनगढी पठाइएको जानकारी दिएका छन्। सचिव पौडेलले आजै डा. केसीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ।
यसअघि शुक्रबार साँझ मन्त्री पोखरेलले डा. केसीसँग टेलिफोनमार्फत प्रारम्भिक संवाद गरेका थिए। सोही संवादलाई निरन्तरता दिँदै सरकारले औपचारिक वार्ताको प्रक्रिया अघि बढाएको हो।
सरकारले संवाद र सहमतिका माध्यमबाट डा. केसीका मागहरूको सम्मानजनक र सहमतिपूर्ण समाधान खोज्न आफू प्रतिबद्ध रहेको जनाएको छ।
तपाईको प्रतिक्रिया