बिहीबार ५ कार्तिक २०८३
बिजनेस

क्यासिनोमा नेपालीलाई प्रवेश गराई जुवा खेलाएको आरोपमा पाँच जना पक्राउ

बुधबार कार्तिक ४, २०८३/ Wednesday 10-21-26

काठमाडौँ ।  वीरगन्जमा रहेको क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार वीरगन्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिंग गेमिङ जोन प्रालिमा नेपालीलाई प्रवेश गराई जुवा खेलाइरहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका–४ का रामचन्द्र साह, प्रसौनी गाउँपालिका–३ का अच्छेलाल प्रसाद, प्रसौनी गाउँपालिका–१ का सुवासकुमार र परवानीपुर गाउँपालिका–५ का सुनिल पटेल रहेका छन्। यस्तै, रौतहटको बौधीमाई नगरपालिका–९ का सुमेश्वरनाथ प्रसाद पनि पक्राउ परेका छन्।

प्रहरीका अनुसार जुवा खेल्ने तथा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा नियन्त्रणमा लिइएका पाँचै जनामाथि थप अनुसन्धान भइरहेको छ।

 

तपाईको प्रतिक्रिया