प्रश्नपत्र लिक प्रकरण: स्ववियुले माग्यो त्रिवि डिनको राजीनामा
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को परीक्षाकै समयमा प्रश्नपत्र बाहिरिएको घटनामा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले व्यवस्थापन संकायका डिन र परीक्षा हेर्ने सहायक डिनको राजीनामा माग गरेको छ ।
प्रश्नपत्र बाहिरिएको सम्बन्धमा छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै स्ववियुले उनीहरूको राजीनामा माग गरेको हो ।
स्ववियु सभापति दीपकराज जोशीले आइतबार जारी गरेको विज्ञप्तिमा घटनाबारे दुई दिनभित्र निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न, प्रश्नपत्र कसरी बाहिरियो र कसको संलग्नता थियो भन्ने स्पष्ट पार्दै दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्न माग गरेका छन्।
विश्वविद्यालयको गरिमामै आँच आउने काम भएको उनको तर्क छ । प्रश्नपत्र लिक प्रकणमा प्रहरी आजै दुईजनालाई पक्राउ गरिसकेको छ । थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । यस विषयमा छानबिन गर्न समिति पनि गठन भइसकेको छ ।
तपाईको प्रतिक्रिया