राजनीति
सुनसरी झडपले आन्तरिक सुरक्षा प्रणालीमाथि प्रश्न उठायो : सांसद ओली
सोमबार श्रावण ११, २०८३/ Monday 07-27-26
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले सुनसरीको देवानगञ्ज र हरिनगरमा भएको हिंसात्मक झडप तथा प्रहरीको गोलीबाट नागरिकको मृत्यु भएको घटनाले देशको आन्तरिक सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको बताएकी छन्।
सोमबार फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै ओलीले स्थानीय विवादलाई समयमै व्यवस्थापन गर्न नसक्दा अवस्था गम्भीर बनेको बताइन्। उनले भनिन्, ‘स्थानीय विवाद केही घण्टामै प्रहरीको गोली चल्ने, नागरिकको मृत्यु हुने र कर्फ्यु लगाउनुपर्ने अवस्थामा पुग्नु सामान्य घटना होइन।’
उनले घटनालाई सरकारले प्रशासनिक चुनौतीका रूपमा मात्र नहेरी आन्तरिक सुरक्षाको रणनीतिक विषयका रूपमा लिनुपर्ने बताउँदै निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र भविष्यमा यस्ता घटना रोक्न सुरक्षा प्रणालीमा संस्थागत सुधार गर्न माग गरेकी छन्।
तपाईको प्रतिक्रिया