काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाली सेयर बजारमा उल्लेख्य गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आइतबार ३३.२८ अंकले घट्दै २,७०१.३२ विन्दुमा झरेको हो।
बजार घटेको दिन पनि ३५ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने २३५ कम्पनीको मूल्य ओरालो लागेको छ। पाँच कम्पनीको सेयर मूल्य भने अघिल्लो कारोबारकै स्तरमा स्थिर रह्यो।
आजको कारोबारमा कुल ६ अर्ब ७ करोड १८ लाख ४४ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। एक करोड ३९ लाख १३ हजार ७७० कित्ता सेयर ६९ हजार ७१५ पटकको कारोबारमार्फत आदानप्रदान भएको नेप्सेले जनाएको छ।
कारोबारका क्रममा एभरेष्ट कलर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै गरिमा समृद्धि योजना, सानिमा बैंक डिबेन्चर, गुर्खाज फाइनान्स र एनएमबी बैंक डिबेन्चर उच्च प्रतिफल दिने कम्पनीको सूचीमा परेका छन्।
समूहगत प्रदर्शनतर्फ बैंकिङ र म्युचुअल फन्ड समूहबाहेक अन्य सबै उपसूचकहरूमा गिरावट देखिएको छ।
तपाईको प्रतिक्रिया