ब्रोड पिकमा हिमपहिरोपछि निर्मल पुर्जा सम्पर्कविहीन, खोजी अभियान जारी
काठमाडौं। पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमालमा आएको हिमपहिरोपछि विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) सम्पर्कविहीन भएका छन्।
पाकिस्तानको अल्पाइन क्लबका अनुसार बिहीबार आरोहणका क्रममा हिमपहिरो आएपछि पुर्जासहित केही आरोहीसँग सम्पर्क टुटेको हो। सार्वजनिक भएको जीपीएस ट्र्याकअनुसार उनको अन्तिम सिग्नल करिब ५,८९१ मिटर उचाइमा प्राप्त भएको देखिएको छ। यद्यपि, जीपीएस ट्र्याकका आधारमा मात्रै उनको अवस्थाबारे कुनै निष्कर्ष निकाल्न नसकिने अधिकारीहरूले बताएका छन्।
अल्पाइन क्लब अफ पाकिस्तानले खोज तथा उद्धार अभियान जारी रहेको जनाएको छ। प्रतिकूल मौसमका कारण हेलिकोप्टर परिचालनमा कठिनाइ भए पनि अवस्था अनुकूल हुनेबित्तिकै सबै उपलब्ध उद्धार स्रोत परिचालन गरिने बताइएको छ।
सन् २०१९ मा निर्मल पुर्जाले विश्वका ८,००० मिटरभन्दा अग्ला सबै १४ हिमाल ६ महिना ६ दिनमै आरोहण गरी विश्व कीर्तिमान कायम गरेका थिए। हालसम्म उनको अवस्थाबारे आधिकारिक पुष्टि भएको छैन।
तपाईको प्रतिक्रिया