बिजनेस
ब्रोड पिकमा मृत भेटिएका चारमध्ये नेपाली आरोही पुरबहादुर गुरुङको पहिचान
शुक्रबार श्रावण १५, २०८३/ Friday 07-31-26
काठमाडौं। पाकिस्तानको ब्रोड पिकमा मृत भेटिएका चार आरोहीमध्ये दुई जनाको पहिचान खुलेको छ। मृतकमध्ये एक जना नेपाली आरोही पुरबहादुर गुरुङ र अर्का ओमानका नागरिक नधिरा अहमद अबदुल्लाह अल हार्थी रहेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएको छ।
गोरखाका गुरुङ ‘युक्ता’ नामले चिनिने चर्चित आरोही तथा अन्तर्राष्ट्रिय माउन्टेन गाइड संघबाट मान्यता प्राप्त गाइड थिए। उनी ८ हजार मिटरभन्दा अग्ला विश्वका १४ हिमाल आरोहण गर्ने अभियानमा थिए।
यसैबीच, ब्रोड पिकमा बेपत्ता भएका विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जासहित ६ जनाको खोजी जारी छ। उद्धारका लागि पाकिस्तानी सेनाको हेलिकप्टर, ड्रोनलगायत उपकरण प्रयोग भइरहेको छ। बाँकी दुई मृतकको भने पहिचान खुल्न बाँकी छ।
तपाईको प्रतिक्रिया