आइतबार ८ कार्तिक २०८३
माैसम

पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली क्षेत्रमा हल्का वर्षा हुन सक्ने

आइतबार कार्तिक ८, २०८३/ Sunday 10-25-26

काठमाडौँ । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा हिमाली र पहाडी भूभागमा आंशिक बदली हुने तथा केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ। कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ।

त्यस्तै, आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहनेछ। देशका अन्य हिमाली तथा पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

तराईका साथै उपत्यका र खोँचहरूमा बिहानको समयमा केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेकाले दैनिक जनजीवन र यातायातमा प्रभाव पर्न सक्ने अनुमान गरिएको छ।

 

तपाईको प्रतिक्रिया