बिहीबार १२ कार्तिक २०८३
खेलकुद

एनपीएलमा पोखरा र सुदूरपश्चिम भिड्दै, टस जितेर सुदूरपश्चिमले रोज्यो बलिङ

बुधबार कार्तिक ११, २०८३/ Wednesday 10-28-26

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा एभेन्जर्सले पहिले ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको टसमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर बलिङ रोजेका हुन्। त्यससँगै पोखराले पहिले ब्याटिङ गर्ने भएको छ।

सुदूरपश्चिमले आज प्रतियोगितामा दोस्रो खेल खेल्दैछ भने पोखराले पहिलो खेल खेल्न लागेको हो। पोखराको कप्तानी कुशल भुर्तेलले गरिरहेका छन् भने सुदूरपश्चिमको नेतृत्व दीपेन्द्रसिंह ऐरीले गरेका छन्।

पहिलो खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको सुदूरपश्चिम आज पहिलो जित निकाल्ने लक्ष्यमा छ। यता, पोखरा पनि प्रतियोगिताको सुरुवात जितबाट गर्ने योजनामा मैदान उत्रिएको छ।

सुदूरपश्चिम रोयल्सको प्लेइङ–११

साइफ जैब, विनोद भण्डारी (विकेटकिपर), ब्रान्डन मक्मुलेन, इशान पाण्डे, दीपेन्द्रसिंह ऐरी (कप्तान), आरिफ शेख, एस रदरफोर्ड, स्कट कुगेलेइजन, अनिल खरेल, हेमन्त धामी र अविनाश बोहरा।

पोखरा एभेन्जर्सको प्लेइङ–११

दिनेश खरेल, कुशल भुर्तेल (कप्तान), किरण ठगुना, एस समाराविक्रमा, महेदी हसन, शाकिब अल हसन, धनन्जय लखन, अर्जुन मगर, विपिन खत्री, प्रतीक पोखरेल र आकाश चन्द।

 

तपाईको प्रतिक्रिया