काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार जारी खेलमा पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४५ रन बनाएको हो ।
पोखराका लागि अर्जुन घर्तीले सर्वाधिक ४० रन बनाए । उनले २५ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।
पोखराले अन्तिम पाँच ओभरमा ४२ रन जोड्दै प्रतिस्पर्धात्मक योगफल खडा गरेको थियो ।
सुदूरपश्चिमका बलर स्कट कुगेलेइनले ४ ओभरमा ४९ रन खर्चेर १ विकेट लिए । अभिनाश बोहराले ३ ओभरमा १५ रन खर्चिए पनि विकेट लिन सकेनन् ।
अब सुदूरपश्चिमले जितका लागि २० ओभरमा १४६ रन बनाउनुपर्नेछ ।
तपाईको प्रतिक्रिया