शनिबार १४ कार्तिक २०८३
प्रवास

उत्तराखण्डमा तीर्थयात्री सवार हेलिकप्टर दुर्घटना, छ जना सवार

शुक्रबार कार्तिक १३, २०८३/ Friday 10-30-26

काठमाडौं । भारतको उत्तराखण्ड राज्यमा पाँच तीर्थयात्रीसहित छ जना सवार हेलिकप्टर दुर्घटनामा परेको छ। उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीका अनुसार चमोली जिल्लाको जोशीमठ नजिकै हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो।

शुक्रबार अपराह्न बद्रीनाथबाट उडेलगत्तै हेलिकप्टर सम्पर्कविहीन भएको थियो। दुर्घटनास्थल दुर्गम पहाडी क्षेत्रमा रहेकाले उद्धार कार्यमा कठिनाइ भइरहेको छ। हेलिकप्टरमा सवार व्यक्तिहरूको अवस्थाबारे भने अहिलेसम्म स्पष्ट जानकारी प्राप्त भएको छैन।

प्रारम्भिक जानकारीअनुसार दुर्घटनाका बेला उक्त क्षेत्रमा भारी वर्षा र कम भिजिबिलिटी रहेको थियो। भारतीय मौसम विभागले यसअघि नै सो क्षेत्रमा मेघगर्जन, असिना र तीव्र हावाहुरीको चेतावनी जारी गरेको थियो। यद्यपि दुर्घटनाको वास्तविक कारण खुल्न सकेको छैन।

मुख्यमन्त्री धामीले जिल्ला प्रशासन, जिल्ला आपत्कालीन व्यवस्थापन विभाग र राज्य आपत्कालीन प्रतिक्रिया बलको संयुक्त टोलीले उद्धार कार्य गरिरहेको जानकारी दिएका छन्।

उनले घटनाको निरन्तर अनुगमन भइरहेको बताउँदै गम्भीर घाइतेलाई तत्काल हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याउन निर्देशन दिएका छन्।

 

तपाईको प्रतिक्रिया