काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक शुक्रबार ५.४५ अंकले घटेको छ। सामान्य अंकले घटेसँगै नेप्से परिसूचक २ हजार ६९०.१५ विन्दुमा झरेको हो।
नेपाल स्टक एक्सचेन्जका अनुसार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.५४ अंकले घटेर ४८७.६६ विन्दुमा पुगेको छ। त्यस्तै, फ्लोट परिसूचक ०.३६ अंकले घटेर १८६.६४ र सेन्सेटिभ फ्लोट परिसूचक ०.१७ अंकले घटेर १६५.१६ विन्दुमा कायम भएको छ।
आज बजारमा २ करोड २८ लाख ६२ हजार ५५४ कित्ता सेयर खरिदबिक्री हुँदा कुल ८ अर्ब ८९ करोड १५ लाख ९५ हजार १४५ रुपैयाँको कारोबार भएको छ।
कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको परिसूचक बढ्दा आठ उपसमूहको परिसूचक घटेको छ। आज १०२ कम्पनीको सेयर मूल्य बढेको छ भने १६९ कम्पनीको घटेको छ। आठ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।
आज बेनी हाइड्रोपावर, स्वाभिमान लघुवित्त वित्तीय संस्था र लुम्बिनी विकास बैंकलगायतका कम्पनीका लगानीकर्ताले कमाएका छन्। त्यस्तै, मेन्छियाम हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर र सोपान फार्मास्युटिकल्सलगायतका कम्पनीका लगानीकर्ताले गुमाएका छन्।
तपाईको प्रतिक्रिया