काठमाडौं । नेपाल नेत्रज्योति सङ्घले विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा थप १६ लाख ३३ हजार एक रुपैयाँ सहयोग गरेको छ।
सङ्घले उक्त सहयोग रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो। प्राप्त विवरणअनुसार सहयोग रकममध्ये सङ्घको तर्फबाट एक लाख आठ हजार ४०१ रुपैयाँ र अन्तर्राष्ट्रिय साझेदार संस्था अर्बिस इन्टरनेसनलबाट १५ लाख २४ हजार ६०० रुपैयाँ प्राप्त भएको छ।
सङ्घका अनुसार यसअघि पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख ४१ हजार १४१ रुपैयाँ सहयोग रकम जम्मा गरिसकिएको छ।
तपाईको प्रतिक्रिया