शनिबार १२ श्रावण २०८१
अन्तर्वार्ता

'पूरानै पाठ्यक्रमलाई निरन्तरता दिएर यो वर्षको शैक्षिक सत्र सम्पन्न गर्नुकाे विकल्प छैन'

बुधबार भदौ ३१, २०७७/ Wednesday 09-16-20

विश्वभर फैलिएकाे काेराेना महामारीका कारण सबैभन्दा बढी प्रभावित भएकाे क्षेत्र मध्य शैक्षिक क्षेत्र पनि एक हो । यस्तो विषम परिस्थितिमा  एकातिर यो वर्षको शैक्षिक सत्र कसरी सम्पन्न गर्न सकिन्छ भन्ने अन्यौलता छ भने अर्का तिर राज्यले यही वर्ष देखी कक्षा एघार र बाह्रमा नयाँ पाठ्यक्रम लागू गर्ने  निर्णय गरेको छ। अनलाईन पठनपाठनकाे गुणस्तरियतामाथी अभिभावकहरु विश्वस्त हुन सकिराखेका छैनन्। एसईईको नतिजा पनि सार्वजनिक भैसकेकाे अवस्था छ। यस्तो अवस्थामा भर्ना प्रकृिया र पठनपाठन कसरी हुन्छ भन्ने विषयमा पनि विद्यार्थी र विद्यार्थीका अभिभावक द्वविधामा छन्।  काेराेना पछिकाे नेपालकाे अबको शैक्षिक यात्रा कसरी अघि बढ्छ? विद्यार्थी भर्ना र पठनपाठनकाे व्यवस्था कसरी हुन्छ? याे वर्षको शैक्षिक सत्र समयमै सम्पन्न हुन्छ हुदैन? यीलगायतका विषयमा साउथवेस्टर्न स्टेट कलेजका ‘भाइस प्रिन्सिपल’ हरिसिंह केसीसँग देश दैनिकले गरेको कुराकानीको सम्पादित अंश: 

देशमा कोरोनाको कहर छ।  कोरानाका कारण भएको लकडाउन र निषेधाज्ञाले सबैभन्दा बढी प्रभावित बनेको क्षेत्र मध्य शैक्षिक क्षेत्र पनि एक हो। यस्तो अन्यौलताका विच साउथवेस्टर्न स्टेट कलेजको अबको शैक्षिक यात्रा कसरी अघि बढ्छ ?
हुनत विश्वनै यतिखेर कोरोनाको उच्च जोखिममा छ। यो चुनौतीको सामना गरेर अगाडी बढ्नुको कुनै विकल्प छैन । जहाँ चुनौती हुन्छ, त्यहाँ अवसर पनि हुन्छ भन्ने बुझ्नु पर्छ।  हामीले यो बिचमा विद्यार्थीहरुको भविष्य माथी अप्ठेरो नपरोस्, विद्यार्थीको मनोविज्ञानमा पनि अप्ठेरो नपरोस् भनेर विद्यार्थीहरुको नियमित पठनपाठनमा कुनै  पनि समस्या नआउने गरी अनलाईन शिक्षा र बैकल्पिक शिक्षालाई जोड दिदै पठनपाठनलाई निरन्तरता दिदै आएकाछौ। हाम्रोमा कुनै पनि कक्षाहरु अहिले सम्म रोकिएका छैनन्। 
शिक्षा सधै ज्ञानमुखी कसरी बनाउने? जिवनमुखी कसरी बनाउने? अनुसन्धानमुखी कसरी बनाउने र अन्तिममा समाजमुखी कसरी बनाउने भन्ने उद्श्यले प्रेरित हुन्छ। त्यसैले विद्यार्थीहरुलाई यि कुनै पनि क्षेत्रमा अप्ठेरो नपरोस् भनेर घरमै बसेरै भएपनि कलेजका नियमित कक्षामा जस्तै शिक्षा पाउने वातावरण हामीले सहजरुपमा मिलाएका छौ । 

कोरोनाको अवस्थामा अनलाईन र भर्चुअल कक्षाहरुको गुण्स्तरियतामाथी अधिकांस अविभावकहरुले प्रश्न उठाईरहेको वा शंका गरिरहेको अवस्थामा  उहाँहरुलाई कसरी बिश्वास दिलाउनु हुन्छ ?

यस्तो छ... अब अहिले विश्वभरीको ट्रेन्ड हेर्ने हो भने नियमित पठनपाठनका लागि दुईवटा तरिकाले कक्षाहरु संचालन भैरहेको पाईन्छ। एउटा अनलाईन कक्षा र अर्को कलेजमै उपस्थित भएर गरिने कक्षा कोठाको पढाई । विकशित देशको ट्रेन्ड हेर्ने हो भने अनलाईन र  कक्षाकोठाको पठनपाठन दुबैलाई उत्तिकै महत्व दिएको हामीले पाएका छौ । तर, हाम्रो जस्तो देशमा कोरोनासंग लड्न सक्ने वा कोरोनालाई जित्नसक्ने अवस्था अहिलेनै बनिसकेको छ छैन? सेल्फ मेनेजमेन्ट पुगेको छ छैन ?  भन्ने कुरा चै अध्यनकै पाटो भयो। तर, हामी चाही के गरिरहेका छौ भने अनलाईन कक्षाहरुमार्फत कक्षा कोठाको जस्तै पढ्न पढाउन मिल्ने गरी व्यवस्थित तरिकाले कक्षा संचालन गरिरहेका छौ। अनलाईनलाईनै कसरी प्रभावकारी बनाउन सकिन्छ? भन्ने कुरामा हामी बढी केन्द्रित छौ । त्यसका लागि हामीले हाम्रा सबै शिक्षक र विद्यार्थीहरुलाई पनि आवश्यक तालिम गराई सकेका छौ । त्यसैले गर्दा कक्षामै उपस्थित भएर पढ्दा जति प्रभावकारी हुन्छ अनलाईनबाट गर्दा पनि त्यो भन्दा कम चाही हुदैन भन्ने कुरामा हामी ढुक्क छौ र विद्यार्थीहरु पनि सन्तुष्ट छन् ।  

एसईई दिएका नयाँ बिद्यार्थीको भर्ना र कक्षा संचालनका लागि कलेजले के कस्तो तयारी गरिरहेको छ ?  सहुलियत र सुविधाहरु के कस्ता छन्?

साउथ वेस्टर्न स्टेट कलेज अन्तराष्ट्रिय मान्यता प्राप्त आईएसओ सर्टिफाईड कलेज हो । हामी अहिले एघारौं वर्ष पुरा गरेर बाह्रौं वर्षमा प्रवेश गर्दै छौ। हामी टिचिङ, रिसर्च र सोसियल एक्टिभिटिजलाई संगै कसरी  लैजान सकिन्छ?  भनेर गाईडलाईन्सनै तयार गरेर अघी बढि रहेका छौ । साउथ वेस्टर्न स्टेट कलेजको पढाई विश्वका कुनै पनि उत्कृष्ट कलेज, युनिभर्सिटीमा हुने पढाई भन्दा फरक नहोस् भन्ने हाम्रो उद्श्य हो । अन्तराष्ट्रिय मान्यता प्राप्त कलेज भएकाले बाहिरको सेमिनार वर्कसप नेपालमै बसेर लिन पाउने व्यवस्था हामीले गरेका छौ। हाम्रो प्राथामिकता पढाई मात्र नभई पढाई संगसंगै रिसर्च र अतिरिक्त कृयाकलापहरुलाई पनि संगसंगै जोड्दै लैजानु पर्छ भन्ने रहेको छ। हामी हरेक दिन विद्यार्थी केही नयाँ कुरा सिक्न चाहान्छन् भन्ने कुरामा सचेत छौ। हाम्रो फोकस लब्धाङ्क पत्र र ग्रेडलाई भन्दा पनि विद्यार्थीले निरन्तर अध्ययन गर्नु पर्छ र बुझेर अघि बढ्नु पर्छ भन्ने नै हो। त्यो संगै हरेक दिन नयाँ कुरा सिक्ने हुनुपर्छ, नैतिक शिक्षालाई पनि हामी प्राथामिकता दिन्छौ । त्यसको साथसाथै कोलाबोरेटिभ एप्रोच टाईपको लर्निङमा विद्यार्थीलाई बढी अभ्यस्त गराउँछौ । ग्रुप डिस्कसन गराउँछौ । केस स्टडिलाई फोकस गर्छौ । त्यसरीनै प्रोजेक्टहरुलाई पनि हामी फोकस गर्छौ । प्रिजेन्टेशन क्लासहरुलाई पनि हामी त्यत्तिकै अगाडी बढाउँछौ । ईन्टरयाक्टिभ र ईनोभेटिभ कक्षा संचालनमा हाम्रो जोड छ । त्यसको साथ साथमा अन्तराष्ट्रि गुणस्तरको सुविधा विद्यार्थीले पाउन भनेर विद्यार्थीलाई आवश्यक पर्ने अत्याधुनिक सेवा सुविधाको व्यवस्था कलेजले गरेको छ ।

आवश्यक भौतिक पूर्वाधार र शैक्षिक गतिविधीलाई हामी समानान्तर तरिकाले अघि बढाउन सफल भएकाछौ। हाम्रा सबै कक्षाकोठाहरु आईटी जडान गरिएका आधुनिक सुविधा सहितका छन् । विद्यार्थीहरुका विविध क्रियाकलाप प्रस्तुत गर्नका लागी राम्रो र सुविधासम्पन्न अडिटोरियमको व्यवस्था छ। अन्तराष्ट्रिय स्तरका सुविधा सम्पन्न साईन्स ल्याब, म्यानेजमेन्ट ल्याबको ब्यवस्था र लाईब्रेरीको उचित व्यवस्था हामीले गरेका छौ । त्यसकारण विश्वको कुनै पनि युनिभर्सिटीमा अध्ययनका लागी जाँदा जुन हाम्रो  कलेजमा पाएको सुविधा छ त्यो विदेशका कुनै पनि सुविधासम्पन्न कलेज र युनिभर्सिटीको भन्दा कम वा फरक  नहोस भन्ने हाम्रो चाहाना हो ।

अहिले एसईई पास गरिसकेका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तीको व्यवस्था पनि हामीले गरेका छौ। पढाईसंगै अतिरिक्त क्रियाकलापमा पनि विशेष क्षमता भएकालाई राम्रो सहुलियत र सुविधाको व्यवस्था पनि उपलब्घ छ ।

कोरोनाको यही अवस्था रहि रह्यो भने साउथवेस्टर्न स्टेट कलेजले ग्रामिण र दुरदराजका विद्यार्थीको लागी कसरी भर्ना र  कक्षा संचालन गर्ने योजना बनाएको छ ?

याे डिजिटल प्रविधिकाे जमाना हाे।  हामीले ७७ वटै जिल्लाबाट सजिलै अनलाईनबाटै भर्ना हुन मिल्ने गरी अनलाईनको सिस्टमबाट राम्रो व्यवस्था गरेका छौ। त्यसमा कुनै पनि किसिमको समस्या छैन। कलेजको वेबसाईट भिजिट गरिसकेपछी एउटा ट्युटोरियल भिडियो राखेका छौ । त्यसबाट भर्नाको सम्पूर्ण प्रकिया प्रष्ट बुझ्न सकिन्छ । कुनै पनि अभिभावक र विद्यार्थीले सजिलै सम्पूर्ण प्रकियाको ज्ञान लिन सक्छन् । त्यसका लागि सबै अभिभावक र विद्यार्थीहरुलाई म वेब साईट भिजिट गरेर अगाडी बढ्न अनुरोध गर्दछु।

कोभिडको ईम्प्याक्ट २०२१ सम्म रहन सक्छ भन्ने विभिन्न अध्ययनले देखाएको छ । यस्तो अवस्थामा यो शैक्षिक सत्रलाई निर्धारित समयमै सम्पन्न गर्न के गर्न सकिन्छ?

यसमा दुईवटा तरिकाले शैक्षिक कार्यक्रमहरु अघी बढाउन सकिन्छ । एउटा कार्यक्रम भनेको अनलाईनका माध्यमबाट पनि जान सकिन्छ। अर्को कलेजमै उपस्थित भएरै पनि पढाउन सकिन्छ।  राज्यले तोकेका कोभिडका गाईडलाईनलाई मान्दै सानो-सानो ग्रुपमा विद्यार्थीलाई राखेर सामाजिक दुरी कायम गर्दै, हेल्थ सेफ्टिलाई मध्यनजर गर्दै कक्षा संचालन गर्न सकिन्छ । राज्यले नेपाल टेलिकम, एनसेल वा अन्य ईन्टरनेट सेवा प्रादायक कम्पनीसंग सहकार्य गर्दै राम्रो र सस्तो ईन्टरनेटको  सुविधा उपलब्ध गराएर अनलाईन कक्षामा जोड दिन सक्छ। यदी यो सेवा पनि सबै ठाउँमा पुग्न सकेन भने टिभी रेडियो, पत्रपत्रिका वा सिडी अडियाे भिडियाेका माध्यमबाट पनि पढाई संचालन गर्न सकिन्छ। जसरी हुन्छ यो शैक्षिक सत्रको पठनपाठन अबरुद्ध गर्नु हुदैन र पढाई निरन्तर गर्नु पर्छ भन्ने हामीलाई लाग्छ ।

यस वर्ष देखी सरकारले कक्षा एघारको नयाँ पाठ्यक्रम लागू गर्ने तयारी गरेको छ नि! यस विषयमा तपाईको धारणा वा सुझाव के छ ।

यो यस्तो छ हेर्नुहोस्.. । पाठ्यक्रमकाे समयानुकूल परिमार्जन  भै राख्नु पर्छ। समय-समयमा परिवर्तन गर्दै, अपडेट गर्दै लैजानु पर्छ र त्यो आवश्यक पनि हो। तर, अहिलेको यो कोरोना महामारीको अवस्थामा नयाँ पाठ्यक्रम भन्दा पनि पूरानो पाठ्यक्रमबाट जाँदा सहज र फाईदा पुग्ने देखिन्छ । किन भने, शिक्षकहरु पनि पूरानो पाठ्यक्रममा कसरी जानुपर्छ भन्ने विषयमा जानकार भैसकेको अवस्था छ। एउटा त यो शैक्षिक सत्रका लागि हामीसंग अत्यन्तै छोटो समय छ। अर्को परिस्थितीनै निक्कै कठिन छ । पूरानै पाठ्यक्रम कसरी सम्पन्न गर्ने भन्ने कुरामानै अन्यौलता भईरहेको अवस्थामा नयाँ पाठ्यक्रम लागु गर्दा समस्या नहुने त कुरै भएन। अहिलेको यो विषम परिस्थितिमा यो वर्षको शैक्षिक सत्र अनलाईन वा अन्य बैकल्पिक उपाएका माध्यमबाट सहज तरिकाले सम्पन्न गर्ने भन्ने कुरामा सरकार र सरोकारवाला सबै सचेत हुन आवश्यक छ ।

तपाईको प्रतिक्रिया