शनिबार १२ श्रावण २०८१
बिजनेस

चन्द्रागिरीको आइपीओ नेप्सेमा सूचीकृत, कतिमा हुनेभयो पहिलो कारोबार?

शुक्रबार माघ २३, २०७७/ Friday 02-05-21

काठमाडौं। चन्द्रागिरी हिल्स लिमिटेडको आइपीओ नेप्सेमा सूचीकरण भएको छ। अब आइतबारबाट यसको सेयर कारोबार खुला हुनेछ। 

नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकिसकेको छ। चन्द्रागिरीको पहिलो कारोबारका लागि न्यूनतम ९६ रुपैयाँ ६९ पैसादेखि अधिकतम २ सय ९० रुपैयाँ ७ पैसासम्म रेन्ज तोकिएको छ। 

अब यही रेन्जभित्र रहेर चन्द्रागिरीको पहिलो कारोबार हुनेछ। 'सीजीएच' संकेतमा यसको कारोबार हुनेछ। चन्द्रागिरीको चुक्ता पुँजीका आधारमा कायम १ करोड ५३ लाख ४० हजार ९ सय १० कित्ता सेयर शुक्रबार सूचीकरण भएको हो। 

नेप्सेको सूची:


 

तपाईको प्रतिक्रिया