शनिबार १२ श्रावण २०८१
अन्तर्वार्ता

ऐतिहासिक उपन्यास ‘रुइसे दरबार’मा फिल्म बन्ने

शुक्रबार चैत १७, २०७९/ Friday 03-31-23

प्राकृतिक सुन्दरतामा सजिएको 'रुइसे दरबार’को देव्रेतिर धौलागिरी, निलगिरी र माछापुच्छ्रे सजिएको छ भने दाहिनेतिर मुक्तिनाथबाट बग्दै आएको कालिगण्डकी र रघुगंगाको मिलन भएर दक्षिणबाट अविरल बग्ने नदिहरुको मनोरम दृश्यले दरबारको सुन्दरता थप उत्कृष्ट बनाएको छ ।

१४औँ शताव्दीको अन्त्य र १५औँ शताब्दीको प्रारम्भमा पर्वतराज्य ढोरलठाना राज्य विस्तारमा पर्वतराज्य र रुइसे दरबारबीच पटक-पटक भएको युद्ध र यो राज्यमा कुरीति, कुप्रथा, भष्ट्राचार, नातावाद र कृपावादले गर्दा एउटा राज्यको भविष्य नै कुन अवस्थाबाट कहाँ सम्म पुग्दछ । 

एक क्रुर शासकले गर्दा उ र उसको परिवार र तात्कालिन समाजले भोग्नु परेको समस्याको चित्रण गरेको छ । यसमा सतिप्रथा विरुद्धको आवाज पनि उठाएको छ । यसै आधारमा यस रुइसे दरबार उपन्यास सम्बन्धी यसका लेखक डा. दलिप कुमार मल्लसँग गरिएको कुराकानीको सम्पादित अंश । 

*ऐतिहासिक उपन्यास रुइसे दरबारमा फिल्म बन्ने कुरा भएको हो यसको विषयवस्तुका बारेमा केही बताईदिनु हुन्छ कि ?

विश्व नै राजतन्त्रामक व्यवस्थामा चलेको थियो । धेरै लामो समयको राजतन्त्रात्मक राज्यमा यो रुइसे दरबार पनि एक राजा र प्रजाको कथा र त्यो समाजमा भएका कुरीति, कुप्रथाको बारेमा यसले उजागरण गरेको हुँदा यस उपन्यासमा आधारीत फिल्म बनाउने कुराकानी भएको छ ।

यो उपन्यासको अर्को उद्देश्य भनेको राज्यमा यदि राजाले  प्रजाको सुख, शान्ति र उक्त राज्यको सम्वृद्धीको लागि काम गर्न सकेन भने प्रजाले सधै शुशान्तीको लागि नयाँ राजा तथा विकासको लागि नयाँ नेतृत्वको माग गर्दछन, भन्ने नै यो रुइसे दरबारको प्रमुख उद्देश्य हो । 

राज्यको बागडोर सम्हाल्नेले राम्रोसँग चलाउन सकेन भने यो राज्यको अवस्था कस्तो हुन जान्छ भन्ने विषयवस्तु नै हो । यो अहिलेको नेपालको वर्तमान अवस्थालाई पनि मार्गर्दशन गर्नेछ । 

मध्यकालिन इतिहासमा भएको सतिप्रथाको विरुद्धको आवाज निकाल्दा भोगेको मानसिक तनाव, भौतिक क्षतिको बारेमा चित्रण गर्नेछ । सामाजिक कुप्रथामा सतिप्रथाको बारेमा थाहा हुन्छ । एउटा महिलाले १६औं सताब्दीमापनि सतिप्रथाको बिरोध गर्दा गरेका रणनितिक अभ्यासले यो चलचित्रलाई थप उर्जा प्रदान गर्नेछ ।

*त्यसो त फिल्म बन्ने नै भएपछि यसको कति सम्मको काम बनेको छ ?

फिल्म निमार्ण कम्पनीसँग दुईपटक सामुहिक छलफल भैसकेको छ । निर्माण कम्पनी यो उपन्यासमा आधारीत फिल्म बनाउनको लागि लालयित बनेका छन् । अब यसको फस्टलाईन बनेको छ । थप यसको कथा र स्क्रिप्ट बनाउने योजनामा छन् । 

*यसको प्राविधिकमा सबै भारतीय फिल्म निर्माण कम्पनिले गर्ने भन्ने सुनिएको छ वास्तविकता के हो ? 

हो यो कुरा सत्य नै हो । तर निर्माण गर्ने भने नेपाली टिमले नै हो । यो एक ऐतिहासिक फिल्म बन्ने भएकोले यसको प्राविधिकमा नेपाली र भारतीय हुनेछन् ।

यो फिल्मी निमार्ण गर्नको लागि भारतको एक प्रख्यात फिल्म निर्माता कम्पनीसँग पनि कुराकानी भएको छ । त्यही कम्पनीको प्राविधिक टिमसँग काम गर्ने योजना बनेको छ । यस फिल्ममा केही कलाकार भारितय राख्ने समेत कुरा भएको छ ।

*कुन प्रविधि प्रयोग भएको छ ?

यो भिएफएक्सबाट नै बन्ने भएको छ । यो फिल्म, नेपाली, चाइनिज, हिन्दी र अँग्रेजी भाषामा अनुबाद समेत हुने भएको छ । फिल्म निर्माता कम्पनीले यसको बजार कलिउड, बलिउड र हलिउड बनाउने योजना बनाएका छन् ।

बाईसे चौविसे राज्यको इतिहासमा पनि खोज अनुसन्धान नगरिएका विषय बस्तुमा यो रुइसे दरबारले उठान गरेका कथाले तात्कालिन समयमको सामाजिक, सांस्कृतिक चित्रण गर्नेछ । यस्ता ऐतिहासिक विषयवस्तुमा फिल्म बन्नु फर्दछ । 

अझैं धेरै इतिहासहरु खोजिनु पर्दछ । यो रुइसे दरबारको एक ऐतिहासिक कथामा फिल्म बनाउने टिमलाइै हार्दिक बधाईका साथ अग्रिम शुभकामना छ । 

यस्ता फिल्ममा फिल्म बनाउनको लागि व्यक्ति, फिल्म लगानीकर्ता मात्र नभएर राज्यले पनि चासो दिन सकेको खण्डमा नेपालको इतिहास विश्व सामु पुर्याउने  काम गर्ने छ । लगानिकर्तालाई पनि एक ऐतिहासिक फिचर फिल्म बनाउने हौसला हुनेछ ।

*अन्तमा यहाँलाई थप केही भन्नु पर्ने भए भनिदिनुहोस् न ? 

यस ऐतिहासिक पुस्तक र यस बारे बन्ने फिल्मको बारेमा छोट्करीमा भएपनि केहीकुराहरु राख्ने मौका दिनुभयो । यो रुइसे दरबार पढेर विभिन्न प्रतिकृया दिनुहुने पाठकहरुमा पनि विशेष धन्यवाद भन्न चहान्छु । 

यहाँहरुकै उर्जा र हौसलाले यस उपन्यासमा फिल्म बनाउने तयारी भएको छ । त्यो ऐतिहासिक फिल्मलाई पनि रुचाईदिनुहुने छ भन्नेमा पुर्ण विश्वास लिएको छु । विशेष गरी देश दैनिक अनलाईन र यहाँलाई पनि धन्यवाद भन्न चहान्छु । 

तपाईको प्रतिक्रिया