अमेरिकामा छायांकन भएको देउडा गीत ‘सुदुरे बाज’ सार्वजनिक

मेरिल्याण्ड। गायक रोहित ढुंगाना र पशुपति खनालको स्वर रहेको देउडा मेलोडी 'सुदुरे बाज' बोलको गीतको भिडियो सार्वजनिक भएको छ। अमेरिकाको रमणीय ऐतिहासिक शहर वासिङ्गटन डिसी वरपर छायांकन गरिएको उक्त गित, गायिका पशुपति खनालको युट्युब च्यानलबाट आईतबार सार्वजनिक गरिएको हो।
केशब बढु एरेन्जर रहेको उक्त गीतमा रोहित ढुंगानाको शब्द रचना रहेको छ । यस गीतको निर्देशन शिब बिकले गरेको हुन् भने गीतमा पवन गौतमको छायांकन रहेको छ। भिडियोको प्रोडक्सन टिममा निक्सोन क्षेत्री, भुपेशजंग शाही, नरेन्द्र बुढा, विष्णु थापा र केदार विक्रम शाही रहेका छन्।
डिसीका तालतलैया देखि विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको यस गीतको भिडियोमा जोडीका रुपमा देखापरेका केदार विक्रम शाही र सुजना क्षेत्रीको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ भने विष्णु थापा र ईशिका खत्रिको अभिनय पनि निक्कै लोभ लाग्दो छ।
होराईजन ह्युज प्रा लि को प्रस्तुतिमा रहेको यस गीतमा सुदुर पश्चिमको देउडामा पहिलो पटक नयाँ प्रयोग गरिएको देख्न सकिन्छ।
भिडियो हेर्नुहोस्
तपाईको प्रतिक्रिया