शुक्रबार ९ कार्तिक २०८१
खेलकुद

जापानलाई ४५ रनले हराउँदै नेपाल तेस्रो स्थानमा

आइतबार मङ्सिर ३, २०८०/ Sunday 11-19-23

काठमाडौं । हङकङमा जारी ४ देश सम्मिलित महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेपाल तेस्रो भएको छ । तेस्रो स्थानका लागि भएको खेलमा नेपालले जापानलाई ४५ रनले हरायो ।

एक सय १६ रनको लक्ष्य पछ्याएको जापानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ७० रन जोड्यो । लिग चरणका सुरुका दुई खेलमा पराजय ब्यहोरेपछि नेपाल फाइनल पुग्न असफल भएको थियो ।

तपाईको प्रतिक्रिया