शनिबार १२ श्रावण २०८१
प्रविधी

टुटलका संस्थापक भट्ट पक्राउ

शुक्रबार पौष २०, २०८०/ Friday 01-05-24

काठमाडौं। राइड सेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन्। 

जिल्ला प्रहरी परिसर काठमाडौंले भट्टलाई पक्राउ गरेको एसएसपी भूपेन्द्र खत्रीले बताए। प्रहरीले उनलाई बिहीबार नै पक्राउ गरेको थियो।

नेपाल प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालयमार्फत् उजुरी आएपछि भट्टराई नियन्त्रणमा लिइएको एसएसपी खत्रीले बताए।

भट्टविरूद्ध प्रतिलिपि अधिकार र आपराधिक विश्वासघात गरेको उजुरी परेको थियो। सुरूमा पार्टनर रहेका व्यक्तिले उनीविरूद्ध मुद्दा हालेको एसएसपी खत्रीले बताए। 

‘लगानी गर्दा सुरूमा दुई जनाले गरेको तर पछि भट्ट एक्लैले लिएको भन्दै उजुरी परेपछि हामीले उहाँलाई पक्राउ गरेका हौं,’ उनले भने।

तपाईको प्रतिक्रिया