शुक्रबार ९ कार्तिक २०८१
राजनीति

सहसचिव रघुराम विष्ट सचिवमा बढुवा

शुक्रबार कार्तिक ९, २०८१/ Friday 10-25-24

काठमाडौं । सहसचिव रघुराम विष्ट सचिवमा बढुवा भएका छन् । बिहीबारको मन्त्रिपरिषद् बैठकले विष्टलाई बढुवा गर्ने निर्णय गरिएको हो ।

गण्डकी प्रदेशका कामु सचिव रहेका विष्टलाई बढुवासँगै गण्डकीकै प्रमुख सचिवमा पदस्थापन गरिएको छ । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा मंगलवार बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिव विष्टको एकल नाम सिफारिस गरेको थियो ।

सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदीले ५ वर्षे सेवा अवधिका कारण अवकाश पाएपछि विष्टलाई सचिवमा बढुवा हुने बाटो खुलेको हो।

तपाईको प्रतिक्रिया