शुक्रबार ९ कार्तिक २०८१
समाज

रेसुंगा विमानस्थलमा एक महिनापछि पुनः उडान सुरु

शुक्रबार कार्तिक ९, २०८१/ Friday 10-25-24

गुल्मी । गुल्मी जिल्लाको रेसुंगा विमानस्थलबाट एक महिनापछि पुनः उडान सुरु भएको छ । मौसम खराबको कारणले असोज ४ गतेदेखि लगातार उडान अवरुद्ध हुँदै आएको थियो ।

मौसममा सुधार आएको भन्दै बुधबार र शुक्रबार उडान सुरु गरेको नेपाल एयरलाइन्स रेसुंगा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले बताए । चाडपर्वको समयमा लगातार उडान अवरुद्ध हुँदा नागरिकले सेवा लिन पाएका थिएनन् ।

 

तपाईको प्रतिक्रिया