शुक्रबार ९ कार्तिक २०८१
समाज

सेभेन समिटबाट फर्केका निर्मल पुर्जालाई विमानस्थलमा भव्य स्वागत

शुक्रबार कार्तिक ९, २०८१/ Friday 10-25-24

काठमाडौं ।  आरोही निर्मल पुर्जा सेभेन समिटको अन्तिम गन्तव्य मानिने इण्डोनेसियाको कार्सटेन्ज पिरामिड आरोहण गरेर फर्किएका छन् ।  उनी स्वदेश फर्किँदा शुक्रबार विमानस्थलमा समर्थकहरूले स्वागत गरेका छन् । 

उनले २ वर्ष ४ महिना र २८ दिनमा विश्वका १४ अग्ला चुचुराहरु अक्सिजन बिना आरोहण गरी विश्व कीर्तिमान बनाएका थिए । त्यसपछि सेभेन समिटको आरोहण गर्ने तृष्णाका साथ अघि बढेका आरोही निर्मल पुर्जा कार्सटेन्ज पिरामिड आरोहण गरेर सेभेन समिटको सातै समिटहरू उक्लेर नेपाल फर्किएका हुन् ।

कार्सटेन्ज पिरामिड विश्वको सात शिखर सम्मेलनहरूमध्ये एक हो र यो इन्डोनेसियामा पपुवा प्रान्तमा अवस्थित छ। 

तपाईको प्रतिक्रिया