शनिबार १२ श्रावण २०८१
शिक्षा

बीपी प्रतिष्ठानका उपकुलपतिलाई कालोमोसो दल्न खोज्ने ३ जना पक्राउ

बुधबार माघ १७, २०८०/ Wednesday 01-31-24

काठमाडौ ।बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायम मुकायम उपकुलपति प्रा.डा प्रल्हाद कार्कीलाई कालो मोसो दल्न खोजेको आरोपमा मंगलबार  प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपीनवीनराज भण्डारीका अनुसार बीपी प्रतिष्ठानका कामु उपकुलपतिलाई कालो मोसो दल्ने प्रयास गरेको आरोपमा ३ जनालाई पक्राउ गरिएको हो । उनीहरु मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पाटी नेपालका कार्यकर्ता रहेको बताइएको छ ।

पक्राउ पर्नेहरूमा भीम बहादुर सार्की, शेर बहादुर कटुवाल र खेम थापा रहेका छन् । उनीहरु पक्राउ पर्नु अगाडि उपकुलपति कक्षमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू पनि प्रवेश गरेका थिए । अन्तिम समयमा प्रवेश गरेका उनीहरुले  कालो मोसो दल्न खोजेको बताइएको छ ।

यसैबीच बीपी प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा सूर्य प्रसाद सङ्ग्रौलाले विज्ञप्ति जारी गर्दै उक्त  घट्नाको निन्दा गरेका छन् ।

 

तपाईको प्रतिक्रिया