शनिबार १९ फाल्गुण २०८०
खेलकुद

क्यानडाविरुद्ध टस जितेर नेपाल बलिङ गर्दै

सोमबार माघ २९, २०८०/ Monday 02-12-24

काठमाडौं । क्यानडाविरुद्धको एक दिवसीय सिरिजको अन्तिम खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा अहिले सवा ९ बजेबाट सुरु हुने खेलमा नेपाल सिरिज क्लिन स्विपको लक्ष्यसहित मैदान उत्रिँदै छ ।

नेपाल पहिलो खेलमा ७ रन र दोस्रो खेलमा ४ विकेटको जित निकाल्न सफल भएको थियो । सिरिज कब्जा गरिसकेको नेपालले आज पनि जित निकाले सिरिज नै क्लिन स्विप गर्नेछ ।

क्यानडा भने आज सान्त्वना जितको खोजीमा रहेको छ ।

तपाईको प्रतिक्रिया