शनिबार १९ फाल्गुण २०८०
समाज

गृह मन्त्रालयले भन्यो– फागुन १ मा सार्वजनिक बिदा छैन

सोमबार माघ २९, २०८०/ Monday 02-12-24

काठमाडौँ । गृह मन्त्रालयले भोलि सार्वजनिक बिदा नरहेको जानकारी गराएको छ ।

यसअघि मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार वार्षिक बिदा सूचीमा रहेको भोलिको बिदा कायम नरहेको बारेमा गृह मन्त्रालयले जानकारी गराएको हो ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले निकाल्नुभएको विज्ञप्तिमा सर्वोच्च अदालतको फैसलाका कारण भोलिको बिदालाई मन्त्रिपरिषद् बैठकले हटाएको उल्लेख छ ।

यसअघि गृह मन्त्रालयले गएको वर्षको चैत २ गते राजपत्रमा सूचना प्रकाशन गरेर फागुन १ गते जनयुद्ध दिवसको बिदा दिएको थियो । तर सशस्त्र युद्धको सम्झनामा बिदा दिएको भन्दै धेरैले विरोध गरेका थिए । 

तपाईको प्रतिक्रिया