शनिबार १२ श्रावण २०८१
अर्थ

सरकारले घटायो बजेटको लक्ष्य, ८७ प्रतिशत मात्रै खर्च हुने

सोमबार माघ २९, २०८०/ Monday 02-12-24

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष (आव) को बजेटको लक्ष्य घटाएको छ । सोमबार चालु आव २०८०/०८१ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थमन्त्री प्रकाशशरण महतले चालु आवमा कुल खर्चको ८७.३७ प्रतिशत मात्र खर्च हुने अनुमान गरिएको बताए ।

“लक्ष्यअनुसारको आम्दानी हुने अवस्था नभएपछि र खर्च गर्ने ट्रेन्डमा सुधारको कोसिस गरे पनि पूरा हुन समस्या लाग्ने देखियो,” महतले भने ।

सरकारले चालु आवका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको थियो । तर, अर्धवार्षिक समीक्षामार्फत सरकारले अब १५ खर्ब ३० अर्ब रुपैयाँ खर्च हुने संशोधित अनुमान गरेको छ । 

जसमा चालुतर्फ सुरुवाती विनियोजनको ८८.८४ प्रतिशत, पुँजीगततर्फ ८४.१३ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ८७.३९ प्रतिशत खर्च हुने अनुमान गरिएको छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ मा प्रत्येक आर्थिक वर्षको माघ मसान्तभित्र अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गरिसक्नुपर्ने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया