शनिबार १२ श्रावण २०८१
राजनीति

म हुन्जेल राजनीतिमा उथलपुथल भइरहन्छ : प्रचण्ड

सोमबार फाल्गुण २१, २०८०/ Monday 03-04-24

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई बुझ्न नसक्ने मान्छे भन्ने गरेको तर आफू कस्तो हो छलङ्ग भएको बताएका छन् ।

सहिद प्रतिष्ठान नेपालको आयोजनामा भएको कार्यक्रममा उनले आफू रहेसम्म राजनीतिमा उथल पुथल भइरहने समेत बताए ।

उनले भने, ‘कांग्रेससँगको सहकार्य राम्रो भएन । मलाई केही प्रतिक्रियावादीहरुले बुझ्न नसक्ने मान्छे भन्छन् । तर आजको दिन नयाँ क्रम भंगको दिन हो । अब नयाँ कोणबाट राजनीति अगाडि बढ्छ ।’

उनले भने, ‘माओवादी जमेको पोखरी जसरी बस्ने होइन, गडगडाउने नदी जस्तो हो ।’

तपाईको प्रतिक्रिया