शनिबार १२ श्रावण २०८१
बिश्वो

दक्षिणी गाजाबाट सम्भवतः इजराइली सेनाको मात्र फिर्ती हुनेछ– ह्वाइट हाउस

सोमबार चैत २६, २०८०/ Monday 04-08-24

काठमाडौ।  ह्वाइट हाउसले आइतबार इजराइली सेनाले कुनै नयाँ अपरेसनतर्फ अगाडि बढ्नुको सट्टा ‘आराम गर्न सकुन् र पुनः तयार हुन सकुन्’ भन्ने उद्देश्यका लागि दक्षिणी गाजा क्षेत्रबाट इजराइलको आंशिक फिर्तीको सम्भावना रहेको बताएको छ ।

राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले एबिसीको ‘दिस विक’ मा भने, “उनीहरू चार महिनादेखि जमिनमा छन्, हामीले पाएको खबरअनुसार उनीहरू थाकेका छन्, उनीहरूलाई पुनः दुरुस्त गर्न आवश्यक छ, यसले हामीलाई के भन्छ भन्नेबारे अहिले थाहा पाउन कठिन छ ।”

सैन्य तथा इजराइली सञ्चारमाध्यमका अनुसार युद्धमा बढ्दो मृत्युबाट वासिङ्टनको दबाबमा रहेको इजराइलले खान युनिस सहरसहित दक्षिणी गाजाबाट आफ्ना सबै सैनिकलाई फिर्ता बोलाएको केही घन्टापछि किर्बीको उक्त भनाइ आएको हो ।

इजराइली सुरक्षा बल ९आइडिएफ० ले अक्टोबर ७ मा प्यालेस्टिनी लडाकू समूह हमासको आक्रमणपछि उसले गाजाको बाँकी भागमा ‘महत्त्वपूर्ण बल’ लाई परिचालन गरिरहने बताएको छ ।

आधिकारिक इजराइली आँकडाअनुसार हमासले गरेको आक्रमणमा अधिकांश सर्वसाधारणसहित एक हजार एक सय ७० इजराइली र विदेशीको मृत्यु भएको थियो । गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजराइलको जवाफी कारबाहीमा प्यालेस्टिनी क्षेत्रमा कम्तीमा ३३ हजार एक सय ७५ जनाको मृत्यु भएको छ ।

किर्बीले आइडिएफलाई आफ्नो अभियानबारे कुरा गर्न दिइने बताए । “उनीहरूको सार्वजनिक घोषणाहरूमार्फत यो वास्तवमा चार महिनादेखि जमिनमा रहेका यी सेनाहरूका लागि आराम र सुधारका बारेमा मात्र हो भन्ने हामीले बुझ्यौँ र यी सेनाका लागि आउँदै गरेको नयाँ अपरेसनको सङ्केत हो भनेर बताउन जरुरी छैन”, उनले भने ।

तपाईको प्रतिक्रिया