बुधबार २८ फाल्गुण २०८१
समाज

काठमाडौं आइपुगे पूर्वराजा ज्ञानेन्द्र, गेटमा समर्थकहरुको स्वागत

आइतबार फाल्गुण २५, २०८१/ Sunday 03-09-25

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन्। पूर्वराजा शाह पोखरा विमानस्थलबाट चार्टर्ड विमानमार्फत् आइतबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं आएका हुन्।

पूर्वराजालाई स्वागत गर्न ठूलो संख्यमा उनका समर्थक विमानस्थलको मुख्यद्वारा अगाडि भेला भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालगायतका नेता उनलाई स्वागत गर्न भेला भएका छन् ।

पूर्वराजालाई स्वागत गर्न दिउँसो देखि नै राजावादी विभिन्न स्थानमा भेला भएर र्‍यालीसहित विमानस्थलको द्वारसम्म पुगेका थिए । विमानस्थलको द्वारमा आफ्नो गाडीमा उभिएर पूर्वराजाले आफ्नो समर्थकहरुको अभिनन्दन स्वीकार गरेका थिए ।

तपाईको प्रतिक्रिया