बिहीबार १० जेठ २०८१
राजनीति

कांग्रेसले संवाद गर्ने भन्दा मुख छाड्नेतिर लाग्यो : केपी ओली

बुधबार जेठ २, २०८१/ Wednesday 05-15-24

काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले संवाद गर्ने भन्दा मुख छाड्नेतिर लागेको छ आरोप लगाएका छन् । 

संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । 

उनले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद्अवरोधमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन समिति बनाउनुपर्छ भनेर नाटक देखाएको बताए ।

उनले भने, ‘यो कांग्रेसको मात्रै सांसद हो, भोलिबाट कांग्रेस मात्रै बोल्ने अरू नबोल्ने, कांग्रेसले अरूले नजानेको जस्तो नारा लगाउने चल्दैन भोलिबाट, कांग्रेस संवाद गर्ने भन्दा मुख छाड्नेतिर लागेको छ, सभामुखलाई के भन्या त्यो ’

उनले अब एमालेले पनि संसदमा कुरा राख्न पाउनुपर्ने माग राख्नुपर्ने बताए ।

तपाईको प्रतिक्रिया