शुक्रबार १ चैत २०८१
समाज

२ चैतसम्म एनओसी अनलाइन प्रणाली बन्द हुने

शुक्रबार चैत १, २०८१/ Friday 03-14-25

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति (एनओसी) शाखा आगामी २ चैतसम्म बन्द हुने भएको छ । एक सूचना जारी गर्दै मन्त्रालयले नियमित मर्मत कार्यका कारण सेवा अवरुद्ध हुने जानकारी दिएको हो ।

सूचना अनुसार २८ फागुनदेखि २ चैत साँझसम्म एनओसी अनलाइन प्रणाली पूर्ण रूपमा बन्द रहने छ । यस अवधिमा अनलाइनमार्फत वैदेशिक अध्ययन अनुमतिपत्रका लागि आवेदन दिन वा अन्य सेवा प्राप्त गर्न सकिने छैन ।

तपाईको प्रतिक्रिया