शनिबार १२ श्रावण २०८१
खेलकुद

अमेरिकाले दिएन सन्दीप लामिछानेलाई भिसा

बुधबार जेठ ९, २०८१/ Wednesday 05-22-24

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेले आईसीसी टी-२० विश्वकपमा सहभागी हुन जान संयुक्त राज्य अमेरिकाले भिसा नदिएको बताएका छन्। 

उनले सामाजिक सञ्जाल फेसबुकमा यसबारे खुलाएका हुन्।

काठमाण्डू जिल्ला अदालतले एक किशोरीसँग जबरजस्ती करणी गरेको मुद्दामा दोषी ठहर गरेपछि उनलाई नेपाल क्रिकेट सङ्घ (क्यान)ले निलम्बन गरेको थियो। 

तर गत साता उच्च अदालतले उनलाई सफाइ दिएपछि उनको निलम्बन फुकुवा भएको थियो। 

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले अब प्रधानमन्त्रीलाई अनुरोध गरेर परराष्ट्र मन्त्रालयमार्फत् उनलाई भिसा दिलाउन पहल गरिने बताएका छन्।

अदालतको निर्णय आउनुअघि नै लामिछानेले कीर्तिपुरमा नियमित प्रशिक्षण गरिरहेका थिए।

तपाईको प्रतिक्रिया