शनिबार १२ श्रावण २०८१
जीवनशैली

अत्यधिक गर्मी बढेपछि धनगढीमा विद्यालय बिदा

बिहीबार जेठ १७, २०८१/ Thursday 05-30-24

काठमाडौ । अत्यधिक गर्मी बढेपछि धनगढी उपमहानगरपालिकाले विद्यालय बिदा दिएको छ । उपमहानगरपालिकाले जेठ १८ देखि २४ गतेसम्म बिदा दिने निर्णय गरेको हो ।

उपमहानगरपालिकाले जारी गरेको सूचनामा अत्यधिक गर्मी बढेकाले वर्षे बिदाबाट कट्टा हुने गरी सात दिन सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको जनाइएको छ ।

प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र बहादुर खातीले जारी गरेको विज्ञप्तिमा बढ्दो अत्यधिक गर्मीले बालबालिका तथा विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने हुँदा बिदा दिने निर्णय गरिएको उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया