शनिबार १२ श्रावण २०८१
समाज

न्यायाधीश भुवन गिरीलाई ७ वर्ष कैद र ३ लाख जरिवाना

मंगलबार जेठ २९, २०८१/ Tuesday 06-11-24

काठमाडौं। काठमाडौं जिल्ला अदालतले निलम्बित न्यायाधीश भुवन गिरीलाई बलात्कार मुद्दामा सात वर्ष कैद सजाय सुनाएको छ । 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले सजाय सुनाएको हो ।

जिल्ला अदालत कपिलवस्तुमा न्यायाधीश रहेका गिरीविरुद्ध उहाँकै पत्नि आरती रावलले गत वर्षको वैशाख १९ गते बलात्कार आरोप लगाउँदै मुद्दा दायर गर्नु भएको थियो ।

रावल र गिरीले २०७५ सालमा विवाह गर्नुभएको थियो । विवाहपछि उनीहरुको दाम्पत्य सम्बन्ध बिग्रियो । आफूलाई बन्धक बनाएर कुटपिट, घरेलु हिंसा, यौनशोषण र हिंसा, अप्राकृतिक मैथुन गरेको भन्दै रावलले पतिविरुद्ध ०७९ मंसिर २ मा कपिलवस्तु जिल्ला प्रहरी कार्यालयमा उजुरी हाल्नु भएको थियो ।

तपाईको प्रतिक्रिया