मंगलबार ५ चैत २०८१
राजनीति

राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठन

सोमबार चैत ४, २०८१/ Monday 03-17-25

काठमाडौं । संवैधानिक राजसंस्था पुनर्स्थापना, सनातन हिन्दू अधिराज्य पुनर्स्थापना, सङ्घीयता खारेजी, भ्रष्टाचार नियन्त्रण र सुशासनका एजेन्डासहित संयुक्त जनआन्दोलन समिति गठन गरिएको छ।

नवराज सुवेदी संयोजक रहेको समितिमा सदस्य सचिव रवीन्द्र मिश्र छन्। अन्य सदस्यहरूमा पशुपति शम्शेर जबरा, प्रकाशचन्द्र लोहनी, कमल थापा, राजेन्द्र लिङ्देन, दुर्गा प्रसाईं, अस्मिता भण्डारी, हरिबहादुर बस्नेत र रमा सिंह छन्। तर, केशवबहादुर विष्टले समितिमा नबस्ने बताएका छन्।

समितिका सल्लाहकारहरूमा जगमान गुरूङ, बुद्धिराज बज्राचार्य, शास्त्र तत्त्व पन्थ, राजेश अहिराज र खेमराज सेढाइ छन्।

 

तपाईको प्रतिक्रिया