
काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदमा दीपक थापा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई प्रहरीको ३१औं महानिरीक्षकका रूपमा चयन गरेको हो।
आईजीपी वसन्त कुँवर अवकासमा गएपछि सरकारले थापालाई उत्तराधिकारीका रूपमा नियुक्त गरेको हो। हाल थापा केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)का प्रमुख रहेका थिए। उनी विसं २०५२ भदौ १९ गते नेपाल प्रहरी सेवामा प्रवेश गरेका हुन्।
महानिरीक्षक बन्ने दौडमा थापासँगै सुदीप गिरी र टेकबहादुर तामाङ पनि थिए। यद्यपि, एआइजी पदमा बढुवा हुँदा थापा प्रहरी महानिरीक्षक कुँवरसँगै बढुवा भएका थिए, जसका कारण वरियतामा उनी पहिलो नम्बरमा थिए।
थापा २०७९ फागुन २६ मा एआइजीमा सिफारिस भएका थिए, भने २०७० चैत ६ गते मन्त्रिपरिषद् बैठकले उनलाई एआइजीमा बढुवा गरेको थियो। उनी एआइजी बनेको दुई सातापछि गिरी र तामाङ पनि सोही पदमा बढुवा भएका थिए।
तपाईको प्रतिक्रिया