मंगलबार ५ चैत २०८१
खेलकुद

पिएम कप क्रिकेटमा आज दुई खेल : बागमती र गण्डकी, कर्णाली र कोशी भिड्दै

मंगलबार चैत ५, २०८१/ Tuesday 03-18-25

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मंगलबार दुई खेल हुँदैछन् ।

आज बागमती र गण्डकी प्रदेश, कर्णाली र कोशी प्रदेश भिड्न लागेका हुन्। दुईवटै खेल बिहान ९ बजे सुरु हुने छन्।

बागमती र गण्डकीको खेल सिद्धार्थनगरमा हुँदैछ भने कर्णाली र कोशीको खेल भैरहवामा हुनेछ।

पाँच खेलसम्म अपराजित नेपाल पुलिस क्लब र आर्मी समान १० अंकसहित रनरेटका आधारमा पहिलो र दोस्रो स्थानमा छन्।
पाँचमा एक खेल गुमाएको लुम्बिनीले आठ अंकसहित तेस्रो स्थानमा छ भने दुई खेल गुमाएको एपिएफ क्लब ६ अंकसहित चौथो स्थानमा छ।

गण्डकी, मधेश, कर्णाली, बागमती, सुदूरपश्चिम, कोशी समान दुई अंकसहित तालिकामा संघर्ष गरिराखेका छन्। सुदूरपश्चिम र कोशीले पाँच खेल खेलिसकेका छन् भने गण्डकी, मधेश, कर्णाली र सुदूरपश्चिमले चारचार खेल खेल्दा एउटा मात्र जित निकालेका छन्

तपाईको प्रतिक्रिया