आइतबार २३ भदौ २०८१
प्रवास

सुदुर पश्चिम नेपाली समाजमा नयाँ नेतृत्व, बिक्रम शाही बने अध्यक्ष

सोमबार असार ३१, २०८१/ Monday 07-15-24

काठमाडौं। अमेरिकाको मेरिल्याण्ड राज्यमा रहेको सुदुर पश्चिम नेपाली समाजको अध्यक्षमा बाजुराका बिक्रम शाही निर्विरोध निर्वाचित भएका छन्। 

समाजको दोस्रो साधारण सभाले गठन गरेको निर्वाचन समिती मार्फत  शाहीको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो। 

अध्यक्ष शाहीसहित समाजको नयाँ कार्यसमितिका सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन्। 

उक्त संगठनको उपाध्यक्षमा हरिष साउँद र महासचिव यज्ञ राना  निर्विरोध निर्वाचित  भएका छन् । कोषाध्यक्षमा निलम भाट र सचिवमा बिनोद कुवंर निर्वाचित भए। 

यस्तै कार्य समिती सदस्यमा योगेन्द्र सिंह, लोक बिक, डम्मर भण्डारी, रोशनी खड्का, धन बडुवाल र रिता शाही चयन भएका छन्।   

तपाईको प्रतिक्रिया