मंगलबार ६ कार्तिक २०८१
बिजनेस

कात्तिक महिनाका लागि पनि घट्यो ब्याजदर, कुन बैंकले कति घटाए?

बुधबार असोज ३०, २०८१/ Wednesday 10-16-24

काठमाडौं । कात्तिक महिनाका लागि पनि वाणिज्य बैंकहरूले निक्षेपमा दिने ब्याजदर घटेको छ ।

असोजको लागि वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा औसत ६.४ प्रतिशत ब्याजदर दिइरहेकामा यस्तो ब्याजदर घटेको हो।

बैंकहरूले कात्तिकका लागि प्रस्ताव गरेको औसत ब्याजदर ६.१४ प्रतिशत छ। एउटा बैंकले भने ब्याजदर बढाको छ।
सानिमा बैंकको ब्याजदर सामान्य बढेको हो।

नौं वटा बैंकको ब्याजदर सामान्य घटेको छ। बाँकीको स्थिर छ।  अहिले सबैभन्दा धेरै ब्याजदर एनआइसी एशिया बैंकले दिने भएको छ। बैंकले ६.९९ प्रतिशतसम्म ब्याज दिने भएको हो।

कर्जाको वृद्धिदर समान्य रहेपछि धेरै बैंकहरूले लागत घटाउन निक्षेपको ब्याजदर केही भएपनि घटाएका हुन्। चाडपर्वको कारण कर्जा माग बढ्न सकेको छैन। 

बैंकहरूले साधारण बचतको ब्याजदर न्यूनतम ३ प्रतिशतसम्म पनि दिइरहेका छन्। यो दर ३ प्रतिशत प्रतिशतसम्म छ।

बैंकहरुमा लगानीयोग्य रकम पर्याप्त हुनु, तर कर्जा प्रवाह सोअनुसार बढ्न नसक्दा लागत महँगिन जाने भएकाले बैंकहरुले निक्षेपमा ब्याजदर घटाइरहेका छन् । बैंकहरुसँग तरलता पर्याप्त रहेपछि राष्ट्र बैंकले बोलकबोलमार्फत रकम खिचिरहेको छ ।

व्यक्तिगत मुद्दतीमा कुन बैंकको अधिकतम ब्याजदर (प्रतिशत) कति ?

तपाईको प्रतिक्रिया